गिजोलिएको धितोपत्र बोर्ड : अर्थमन्त्री विष्णु पौडेल कुन विन्दुमा सहमत हुँदैछन् ?

काठमाडौं । एक वर्षदेखि रिक्त रहेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइरहे पनि अहिलेसम्म टुङ्गिएकोे छैन । तीन जनाको अन्तर्वाता नै बाँकी रहेको अवस्थामा आज पनि नयाँ सूचना जारी भएको छ ।

नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन जना आवेदकलाई पुनः अन्तरवार्तामा बोलाइएको हो ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका तीन जना आवेदकहरुलाई फेरि अन्तर्वार्ताका लागि बोलाइएको हो । मुक्ति श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्ण बहादुर कार्की, चिरञ्चिवी चापागाई र डा नवराज अधिकारी छनोट सूचीमा परेका थिए ।

कृष्णबहादुर कार्की चिरञ्चिवी चापागाई र डा नवराज अधिकारीको अन्तरवार्ता बाँकी नै थियो ।

अर्थमन्त्रालयले उनीहरुलाई आगामी मंसिर ९ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवाताको लागि डाकिएको सूचना जारी भएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति सरकार अब भने अन्तिम चरणमा पर्याएको छ ।
तीन जनालाई अन्तरवार्ता गराएपछि प्रक्रिया पुग्ने छ । त्यसपछि मन्त्रीपरिषदले एक जनालाई अध्यक्ष बनाउने छ ।

अध्यक्ष बनाउने व्यक्तिको अन्तिम निक्र्यौल भएपछि पहिला अन्तरवार्तामा पछिले सहभागी नहुने व्यक्तिहरुलाई कन्भिन्स गरेर सहभागी गराउन लागिएको हो । अर्थात् सहभागी हुने विषयमा कन्भिन्स भएपछि आज सूचना जारी भएको हो ।

स्वार्थ समूहको व्यक्ति बोकेर अघि बढेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलेदेखि नै हिडेका छन् ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अन्तिम ५ मा परेका सन्तोष नारायण श्रेष्ठ एक स्वार्थ समूहका व्यक्ति भन्ने विषय संसदमा समेत उठिसकेको छ ।

प्रधानमन्त्री ओलीले व्यवसायी दीपक भट्टको दवाबमा श्रेष्ठलाई अध्यक्ष बनाउने अडान कसेका हुन् । बुटवलका श्रेष्ठ नेपाली काँग्रेसका कार्यकर्ता हुन् ।

दीपक भट्टको हाइड्रोपावर कम्पनीहरुमा सानो साँझेदारी गर्दै आएका श्रेष्ठ व्यवसायी भट्टको व्यवस्थापको रुपमा काम गर्ने कर्मचारी हुन् । नयाँ स्टकको लाइसेन्सका लागि कर्पोरेट वार चलिरहेका बेला प्रधानमन्त्री ओलीको तिब्र दबावमा दिनुलाई ठूलो आर्थिक चलखेलका रुपमा लिईएको समेत विषय अघि अघि संसद बैठकमै उठेको थियो ।

सुरुमा श्रेष्ठको नाम सिफारिसमा अर्थमन्त्री विष्णु पौडेल नै आनाकानी थिए । तर पछिल्लो समय व्यवसायी दीपक भट्टसँग विष्णु निकै नजिक भएको कारण अर्थमन्त्री समेत निकै लागि परेका छन् ।

त्यति मात्रै हैन अन्तरवार्तामा नआउनेलाई समेत कन्भिन्स गराउन लागि परेका छन् ।
अर्थमन्त्री प्राधानमन्त्री नै सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउने लागि परेकोले अब अन्तरवार्ता पनि हुने र श्रेष्ठ अध्यक्ष हुने पनि निश्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स