आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ६ करोड १० लाख

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १९.५० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ३.३० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, अघिल्लो आवमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा खुद बीमाशुल्क रकम २२ करोड ५७ लाख रुपैयाँमा झरेको छ।

गत आवमा कम्पनीको कुल आम्दानी ४२ करोड ६८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ।

कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ३५ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ८.६ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स