करिब ८ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार, नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५३ लाख कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख, समृद्वि फाइनान्सको २१ करोड १३ लाख, पिपल्स् हाइड्रोपावरको १८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स