कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा ४६ लाख ६३ हजार

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अविधको तुलनामा ७.८३ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत १ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले १६ लाख ७१ हजार रुपैयाँ प्रशासनिक खर्च र १० लाख ६८ हजार रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले बैंकबाट ४ करोड ६ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड १० लाख र कुल चालु दायित्व १५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३७.८२ गुणा कायम भएको छ ।

१२ करोड १८ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स