काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।
बैंकले सभामा कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।