नागरिक लगानी कोषको नाफा ३० करोड ९ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड ९१ लाख ६१ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिसन आम्दानी १८.८६ प्रतिशतले बढेर ३९ करोड १६ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल खर्च भने ९.१९ प्रतिशत वृद्धि भएर ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जगेडा कोषको आकार २१.५६ प्रतिशतले घटेर १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँमा झरेको छ।

६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स