आइएमई ‘डबलको डबलको डबल’ अफरको विजेता दाहालले जिते साढे १२ लाख

काठमाडौं । आईएमईले चाडपर्व लक्षित गरी ल्याएको आईएमई डबलको डबलको डबल अफरको विजेत जिवेश दाहाल भएका छन् । आईएमईले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई विजेता घोषणा गरेको हो ।

उनले दुबईबाट १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्समार्फत पठाएकोमा उनले कुल १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका हुन् ।

आईएमई गु्रपका ब्राण्ड एम्बेस्डर दीपकराज गिरी र दीपाश्री निरौलाले लक्की ड्रमार्फत् विजेता घोषणा गरेका थिए । उनी हाल दुवईमा भएपनि दाहालकी श्रीमतीलाई गिरी र निरौलाले फोन गरी बधाई दिएका थिए ।

उनीसँगै आईएमईले ८ औं साताको लक्की ड्र मार्फत मसनाल क्षेत्रीलाई पनि पुरस्कार प्रदान गरेको छ । उनले पनि लक्की ड्र मार्फत कुल ८६ हजार रुपैयाँ हात पारेका छन् । उनले ४३ हजार रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।

आईएमर्ईले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स