कामकाजी वर्गलाई उपर्युक्त सानिमा रिलाइन्सको सीमित भुक्तानी सावधिक पोलिसी

काठमाडौं । सानिमा रिलाइन्सले जारी गरिरहेको सीमित भुक्तानी सावधिक जीवन बीमा पोलिसी कामकाजी र मध्यम वर्गलाई उपयुक्त हुने देखिएको छ । बीमा शुल्क भुक्तानीमा सहुलियत एउटै बीमा पोलिसीमा चार थरि बीमा सुविधालगायतका कारणले मध्यम वर्गीय कामकाजी वर्गको लागि यो बीमा पोलिसी उपयुक्त हुने देखिएको हो ।

सीमित भुक्तानी सावधिक जीवन बीमा बचत र सेवानिवृत्तको लागि उपयुक्त योजना हो । छोटो अवधि किस्ता बुझाइ लामो समय बीमाङको ३२५ प्रतिशत सम्मको जोखिम बहन र जीवन बीमाको समाप्तिमा समेत आकर्षक बोनस भुक्तानी हुने यो बीमा पोलिसीको योजना छ । यो जीवन बीमा योजनाले समग्रमा सबै खालका जागीरे, व्यापारी अथवा वैदेशिक रोजगारीमा भएकाहरुलाई बढी फाइदा हुने देखिएको छ ।

दैनिक खाजा खाने पैसा जोगाएर सानिमा रिलाइन्स इन्स्योरेन्समा बीमा गर्दा आफ्नो भविष्यलाई सुरक्षित र सुनौलो बनाउन सकिने बताएको छ । आम नागरिकलाई बीमाको माध्यमबाट अधिकतम सुविधा दिने उद्देश्यले कम्पनीले फरक खालको बीमा पोलिसी जारी गरेको हो ।

सानिमा रिलायनसले वीमितलाई भरपूर सेवा दिन ‘अल्पकालिन बीमा शुल्क भुक्तानीमा दीर्घकालीन लाभको प्रतिबद्धता’ सहित ‘सीमित भुक्तानी सावधिक’ उत्कृष्ट जीवन बीमा योजना ल्याएको बताएको छ ।

१८ वर्ष उमेर पुगेका आम नागरिक सानिमा रिलायन्स लाइफको उक्त बीमा योजनामा जोडिन सक्ने छन् । कम्पनीले जारी गरेको यो बीमा लेखबाट वीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा र घातक रोग रक्षावरण रहेका छन् ।

यो पोलिसीको अतिरिक्त सुविधाहरूमा १८ वटा घातक रोगमध्य कुनै एक रोगको पहिचान भएमा वीमितले ५० लाख बीमांङ रकमसम्म एक मुष्ठ भुक्तानी पाउने छ भने उपचार खर्चको लागि २५ लाख रुपैयाँ पाउने छन् । साथै, वीमित स्थायी रुपमा अशक्त भएमा त्यसपछिको बीमा शुल्क मिनाह हुने कम्पनीले प्रतिवद्धता गरेको छ ।

सानिमा रिलायन्स बीमा बजारमा फड्को मार्दै गरेको एक सशक्त कम्पनी हो । छोटो समयमा नै कम्पनीले छुट्टै पहिचान कायम गर्दै आम ग्राहकको विश्वास जित्न सफल भएको छ । स्थापनाकालको यो अवधिमा नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरू पस्कन कम्पनी सफल र सक्षम भएको हो ।

आर्थिक रुपमा सुदृढ, सम्पन्न तथा सामाजिक हिसाबले प्रतिष्ठित घरानाबाट प्रवद्र्धित र पाको व्यवस्थापकको व्यवस्थापकीय सक्षमताले यस कम्पनीको वित्तिय अवस्था अब्बल हुनका साथै र उत्कृष्ट रहेको कम्पनीले गरेको व्यवसायबाट देखिएको छ ।

योजना समग्रमा सबै खालका जागिरे व्यापारी अथवा वैदेशिक रोजगारीमा भएकाहरुलाई अत्यन्तै फाइदाजनक रहेको छ । सीमित अवधिसम्म मात्रै बीमाशुल्क भुक्तानी गरेर १० देखि २५ वर्षसम्मको दीर्घकालिन बचत र जोखिम बहन गर्न सकिने भएकाले यो बीमालेख अन्य बीमा लेखभन्दा उत्तम रहेको छ ।

यस बीमा योजनामा हरेक पाँच वर्षमा बढ्दो रक्षावरण रकमको लाभ पाउन सकिने भएकाले पनि यो बीमा समयमा नै गर्न उपयुक्त हुन्छ । बीमितलाई बीमा अवधिको समाप्तिमा बीमांकन रकम र पूरा अवधिको आर्जित बोनस एकमुष्ट भुक्तानी गरिने छ ।

दुर्घटनाको कारण प्रत्यक्ष पूर्ण स्थायी रुपमा अशक्त भएमा २५ लाख बीमाङ बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिने र घटना मिति पछि बीमा शुल्क मिनाहा गरिने व्यवस्था रहेको छ ।

चार अर्बभन्दा बढी चुक्ता पुँजी रहेको यो कम्पनीले १५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ भने देशको १७५ शाखाबाट सेवा दिइरहेको छ । सानिमा रिलाइन्समा जोडिएका १७ हजार अभिकर्ताले कम्पनीको व्यवसाय वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कम्पनीले हालसम्म १ अर्ब ५७ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स