काठमाडौं । राइट सेयरिङ कम्पनी इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ सुविधा ल्याएको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमबीच यो सुविधा सार्वजनिक गरेको हो ।
इनड्राइभ कम्फट यात्रामा निरन्तर सुधार ल्याउने प्रतिबिम्ब हो, जसले यात्रुलाई थप सुविधा, भिन्न विकल्प र व्यक्तिगत प्राथमिकतामा आधारित यात्रा अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ ।
कम्पनीका अनुसार इनड्राइभ कम्फर्ट सुविधाले यात्रुलाई उच्च गुणस्तरीय गाडी र बढेको ठाउँको अनुभव प्रदान गर्न सक्छ । यो सुविधा मुख्यतः उनीहरूका लागि लक्षित छ जो सवारीमा थप आराम, खुला ठाउँ र गुणस्तरीय सेवा खोज्दै छन् । यात्रुले अब इनड्राइभ कम्फर्टको माध्यमबाट नेपालमा सहज र आरामदायी यात्रा अनुभव गर्न सक्नेछन् ।
यस्ता छन्, इनड्राइभ कम्फर्टका विशेषताहरू
१. उच्च गुणस्तरीय गाडीहरूस् इनड्राइभ कम्फर्टको अन्तर्गत आउने सबै गाडीहरू उच्च गुणस्तरमा भएका छन् र एयर कन्डिसन सहित आरामदायी यात्रा अनुभव प्रदान गर्छन् । यो विशेषताले यात्रुलाई काठमाडौँको भीडभाड र गर्मीबाट राहत दिन्छ । गाडीहरूको उच्च स्तरको मर्मत र सफाइले यात्रुलाई सफा र सहज वातावरणमा यात्रा अनुभव गराउँछ ।
२. सेडान क्लास गाडीहरूस् इनड्राइभ कम्फर्टले विशेषगरी सेडान क्लासका गाडीहरूको छनोट गरेको छ जसले यात्रुलाई थप खुला ठाउँ र लेगरूम दिन्छ । यसले एक्लै वा साथीभाइहरूसँग यात्रा गर्ने यात्रुहरूलाई आरामदायी र खुला वातावरणमा यात्रा गर्न प्रेरित गर्छ।
३. न्यायपूर्ण मूल्य निर्धारणस् इनड्राइभले निष्पक्ष र पारदर्शी मूल्य निर्धारणको प्रतिवद्धता जनाउँदै आएको छ र इनड्राइभ कम्फर्टमा पनि यो विशेषता लागू गरिएको छ । यात्रुहरूले निष्पक्ष मूल्यमा उच्चस्तरीय सेवा र आरामदायी यात्रा अनुभव गर्न पाउनेछन् ।
४. आरामदायी र सहज यात्रा अनुभवस् इनड्राइभ कम्फर्टले यात्रुहरूलाई शान्त र आरामदायी यात्रा अनुभव गराउँछ। थप लेगरूम, सहज ड्राइभिङ अनुभव र उच्च रेटेड ड्राइभरहरूसहित यो सुविधा सहरको भीडभाडमा सुरक्षित र तनावमुक्त यात्रा प्रदान गर्न डिजाइन गरिएको छ ।
इनड्राइभ कम्फर्टको सुरुवातसँगै यात्रुहरूका लागि विकल्पको विविधता थपिएको छ । उनीहरूले आफ्नो आवश्यकताअनुसार साधारण यात्रा र उच्चस्तरीय कम्फर्ट यात्रा बीच छनोट गर्ने कम्पनीले जनाएको छ । इनड्राइभ कम्फर्ट यात्राका लागि यसले ड्राइभरलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्दछ ।
इनड्राइभका एशिया प्यासिफिक कम्युनिकेशन लिड, पवित नन्दा आनन्दले भने, ‘हामी यात्रु र ड्राइभर दुवैलाई आफ्ना प्राथमिकताअनुसार यात्रा छनोट गर्ने स्वतन्त्रता दिन्छौं । तपाईंले ड्राइभर छान्न सक्नुहुन्छ, चाहे तपाईँले इभी गाडीको लागि केही समय पर्खन तयार हुनुहुन्छ वा साधारण गाडीको छिटो पिकअप विकल्प रोज्न चाहनुहुन्छ । हाम्रो मोडेलमा कुनै एल्गोरिदमले भिन्नता निर्धारण गर्दैन । यहाँ कुनै सर्ज छैन। हामी यात्रामा पारदर्शिता र निष्पक्षतालाई प्राथमिकता दिंदैछौं र सबै प्रयोगकर्ताहरूलाई विकल्प प्रदान गर्दछौं।’