साहस उर्जाको नाफा ४० करोड २ लाख

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १६.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने २.९३ प्रतिशतले घट्दै ८६ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्तीय खर्च पनि ३२ करोड ८९ लाखबाट घटेर २३ करोड ४० लाख कायम भएको छ ।

कम्पनीको रिजर्भको आकार २ अर्ब ४९ करोडबाट बढेर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड जम्मा रहेको छ ।

कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.४५ रुपैयाँ, पीई रेसियो १०.६० गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स