काठमाडौं । आज सोमबार अमेरिकी डलरको मूल्य यथावत छ । आइतबार जुन दरमा कारोबार भएको थियो, आज पनि अमेरिकी डलर सोही दरमा कारोबार हुने छ ।
तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ ।
शनिबार र आइताबर पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा थियो।
आज यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८६ पैसा छ। हिजो यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा थियो।
आज कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा थियो।