काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड २४ लाख कित्ता सेयर ९ अर्ब ७७ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३८ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, समृद्वि फाइनान्सको ३४ करोड १९ लाख, न्याङदी ग्रूप पावरको २७ करोड ३ लाख, एचआईडीसीएल प्रमोटरको १९ करोड ५६ लाख, शाहस उर्जाको १९ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।