गत हप्ता १ खर्ब तानेको राष्ट्र बैंकले आज पुनः बजारबाट आधा खर्ब खिच्दै

काठमाडौं । गत हप्ता १ खर्ब बजारबाट तानेको नेपाल राष्ट्र बैंकले आज पुनः बैंक तथा वित्तिय संस्थाबाट पैसा खिच्न लागेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट पैसा उठाउन लागेको हो ।

बैंकहरुमा अधिक तरलता कायम रहेकोले व्यवस्थापनको लागि राष्ट्र बैंकले पैसा खिच्न लागेको हो ।
२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ५० अर्ब रुपैयाँको तान्न लागेको हो ।

क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने सूचनामा उल्लेख छ । बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स