अन्तै गयौ कि

लाग्न थाल्यो आजकाल तिमी अन्तै गयौ कि
अरूबाट खबर पाउने टाढा भयौ कि !!

तिम्ले मैले सँगसँगै खनेको त्यो बाटो
हुन्न भन्थ्यौ कहिल्यै पनि हामी बीचमा फाटो ।
तिम्ले मैले एउटै फेर्थ्यौं प्राण धान्ने सास
किन होला विरानो पो लाग्न थाल्यो आज ।।
मैले भन्दा माया गर्ने अर्कै भेट्यौ कि
मित्रताको पालुवालाई बीचमै रेट्यौ कि !!

काँडा बिज्दा तिमीलाई मुटु मेरो दुख्थ्यो
तिर्खा तिम्लाई लाग्दाखेरी आँत मेरो सुक्थ्यो।
कति सपना देख्ने गर्थ्यौं एकअर्काका लागि
किन किन आजकाल तिमी टाढा गयौ भागी।।
मेरोभन्दा दरो साथ अर्कै पायौ कि
धेरै राम्रा सपना देख्दै अन्तै छायौ कि !!

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स