काठमाडौं । गत असोज पहिलो साता आएको बाढीबाट भएको क्षतिमा एनएलजी इन्स्योरेन्सले ५ लाख ६६ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बाढीबाट भएको माग दावीमा हालसम्म गतेसम्म सो बीमा दावी भुक्तानी गरेको बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कम्पनीमा बीमा गराएका मध्ये १७२ ओटा बीमितले दावी भुक्तानी माग गरेका थिए । इन्स्योरेन्स कम्पनीमा उक्त समयमा ४७ करोड २ लाख रुपैयाँ दावी परेको छ । कम्पनीले सो दावीमध्ये ७ वटा बीमा पोलिसीको दावी भुक्तानी गरेको हो ।
असोज महिनामा आएको बाढीबाट १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ दावी परेको छ । सो दावीमध्ये कार्तिक २० गतेसम्म बीमा कम्पनीहरूले ६३७ बीमा दावीको भुक्तानी गरेको छ । सो दावी भुक्तानीको लागि कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेका हुन् ।