गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट कारवाहीमा

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट उद्योगलाई कारवाही गरेको छ । गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि मारुती, युनाइटेड र जगदम्बा सिमेन्टलाई कारवाही गरेको हो ।

विभागले यी तीनवटै कम्पनीलाई आफ्ना उत्पादन बजारमा बिक्री वितरण नगर्न, बजारमा पठाइएको सिमेन्ट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले कम्पनीहरुलाई पत्राचार गरेको छ ।

नेपाल गुणस्तर बमोजिम नपाइएकोले नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम उक्त कम्पनीहरुलाई कारवाही गरिने विभागले जनाएको छ ।

विभागका अनुसार सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नभएको भेटिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स