काठमाडौं । गत असोज पहिलो साता आएको बाढीबाट भएको क्षतिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख रुपैयाँभन्दा बढी बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बाढीबाट भएको माग दावीमा कार्तिक २० गतेसम्म सो बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीमा बीमा गराएका कम्पनीमध्ये ३६० ओटा दावीबाट ६७ करोड १० लाख रुपैयाँ दावी माग भइ आएकोमा कम्पनीले कार्तिक २० गतेसम्म ४३ ओटा बीमा पोलिसीको दावीको भुक्तानी गरेको हो ।
असोज महिनामा आएको बाढीबाट १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ दावी परेको छ । सो दावीमध्ये कार्तिक २० गतेसम्म बीमा कम्पनीहरूले ६३७ बीमा दावीको भुक्तानी गरेको छ । सो दावी भुक्तानीको लागि कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेका हुन् ।