बाढी पहिरोको क्षतिः सम्पत्ति बीमाको मात्रै ३८ करोड ९५ लाख भुक्तानी, कुन बीमालेखमा कति ?

काठमाडौं । असोजमा भएको बाढी पहिरोको क्षतिबाट धेरै नोक्सानी भएको भन्दै बीमा दावी गरेको छ । नेपाल प्राधिकरणका अनुसार १० अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी गरेको हो । जसमा अहिलेसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ ।

त्यसमा पनि सबै भन्दा धेरै भुक्तानी सम्पत्ति बीमाको बीमालेखमा भएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सम्पत्ति बीमामा को बीमालेखमा दावी पनि धेरै रहेको र भुक्तानी पनि अधिक रहेको हो ।

कुन बीमालेखमा कति भुक्तानी ?

सम्पत्ति बीमा ३८ करोड ९५ लाख

इन्जिनियरिङ तथा ठेकेदार जोखिममा १ करोड ११ लाख

मोटर बीमा ३ करोड २३ लाख

सामुद्रिक बीमा ७ लाख २१ हजार

पशुपन्छी बीमा १६ लाख ७२ हजार

कृषि बाली बीमा ५ लाख ६१ हजार

विविध २ लाख २० हजार

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स