काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ६६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १ हजार ९८० रूपैयाँ कायम भएको छ ।