११ वटा ठूला ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं । लिएको ठेक्काको काम अलपत्र पारेर छोड्ने ११ वटा ठूला कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार कालोसूचीमा समावेश गरेको सूचना जारी गरेको हो ।

अनु्गमन कार्यालयका विभिन्न समयमा म्याद थप गर्दा पनि तोकिएको समयमा काम नसकिएपछि कम्पनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले बताइएको छ ।

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुले १ वर्षदेखि साढे २ वर्षसम्म कुनै पनि नयाँ सार्वजनिक काममा सहभागी हुन नपाउने सूचनामा बताइएको छ ।

कालोसूचीमा पर्नेमा कान्छाराम र एनबी जेभी, द कन्चनजंघा र विरुवा जेभी, विरुवा कन्स्ट्रक्सन, बिजी निर्माण सेवा, साहर पुजा कन्स्ट्रक्सन जेभी, स्काइलाइन कन्स्ट्रक्सन, शक्ति र आरएन जेभी, युभी इन्जिनयरिङ कन्सल्ट्यान्सी एण्ड कन्स्ट्रक्सन, नाटेश्वर निर्माण सेवा एण्ड अडर सप्लायर्स, महालक्ष्मी एण्ड कम्पनी र विर्ता कन्स्ट्रक्सन रहेका छन् । यी सबै ठूला ठेकेदार कम्पनी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स