एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १६ लाख कित्ता सेयर ५ अर्ब २२ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नारायणी डेभलपमेन्ट बैंकमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
बलेफी हाइड्रोपावरको ९.९८%, पिपल्स् हाइड्रोपावरको ९.१२%, समृद्वि फाइनान्सको ८.७९%, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७.८०%, रिभर फल्स्को ७.६२%, लिबर्टी इनर्जीको ६.८०%, सानिमा ग्रोथ फण्डको ५.७०%, सुपर माई हाइड्रोपावरको ५.५३%, एनआईसी एसिया डिबेन्चरको ५.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स