बैंकमा अधिक तरलता कायमै, एक खर्ब रुपैयाँ राष्ट्र बैंकले तान्दै

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा कर्जा प्रवाह कमजोर भैरहेको छ । लगानी गर्न योग्य रकम थुप्रिएर बसेपछि नेपाल राष्ट्र बैंकले एक खर्ब रकम तान्न लागेको हो ।

अहिले बैंकसँग करिव ६७ खर्ब रुपैयाँ निक्षेप रहेको छ । तर कर्जा प्रवाह कम भएपछि तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले पैसा खिच्न लागेको हो ।

आज राष्ट्र बैंक बैंकहरुबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ ।
निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको सूचना जारी गरेको  छ । सूचनामा भनिएको छ,‘ निक्षेप संकलन खरिदका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोल–कबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहभागी हुनसक्ने छन् ।

न्यूनतम १० करोड र अधिकमत पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोल–कबोल गर्न सकिनेसूचनामा बताइएको छ । यसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी हसभागी हुन सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स