अमेरिकी डलरको भाउ करेक्सन हुँदा अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो

काठमाडौं । आज बुधबार सामान्य करेक्सन भएको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ ।

हिजोको डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको थियो ।

अमेरिकी डलरको भाउ घटेपनि अस्ट्रेलियन  डलर र क्यानेडियन डलरको भाउ भने बढेको छ ।

मंगलबार अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ।

हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आज एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २० पैसा कायम भएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा कायम भएको छ।

बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स