काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।