करिब साढे ४ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।

मंगलबार, नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख १३ हजार कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोड ११ लाख, एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख, समृद्वि फाइनान्सको ११ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स