बीमा क्षेत्रमा सुशासन राख्न महत्वपूर्ण भूमिका खेलोस्ः राजुरमण पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडलले सुशासन सहितको समृद्धिमा सञ्चार माध्यमको अहम् भूमिका हुने हुँदा हाम्रोअर्थले यस क्षेत्रमा कलम चलाउन सकोस् भनि शुभकामना दिनु भएको छ ।

हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको शुभ अवसरमा शुभकामना दिँदै कार्यकारी निर्देशक पोडेलले आर्थिक पत्रकारिताको माध्यमबाट देश, जनता र मुलुकको आर्थिक सुव्यवस्थाका लागि कलम चलाउँदै आएकोमा प्रशंसा गर्नु भएको छ ।

हाम्रोअर्थ डटकमले छोटो समयमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर बीमा तथा वित्तीय क्षेत्रसहित आर्थिक क्षेत्रको विकास र सुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रोअर्थ डटकमले विगत दुई वर्षदेखि समाचार विश्लेषणात्मक, रचनात्मक तथा आलोचनात्मक रुपले गरेको योगदानका लागि धन्यवाद व्यक्त गर्नु भएको छ ।

हाम्रोअर्थ डटकमले बीमा क्षेत्रको नीतिगत विश्लेषणका साथै बीमा सचेतना, विचार अनि मन्थन, रचनात्मक आलोचना गरेर बीमा कम्पनीले जारी गर्ने पोलिसीमा समेत बहस गर्दै आएको छ ।

कार्यकारी निर्देशक पोडडेलले आर्थिक सूचनाको विषयमा समाजप्रति उत्तरदायित्व लिँदै निष्पक्ष र विश्वासनीय आथिक समाचार मार्फत वित्तीय तथा बीमा सचेतना अभिवृद्धि गर्न अझ सफल हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/raju-sir-suvakamana-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स